अनलाइन टिभी चलाउन दर्ता गर्नुपर्ने (नियमावलीसहित)

 फागुन २२, २०७८ आइतबार २०:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो । योसँगै इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो । यो नियमावलीमा युट्युब च्यानललाई पनि समेटिएको छ ।

अब अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने नयाँ नियमावलीमा उल्लेख छ । लाइसेन्स अनिवार्य गरेसँगै अनलाइन सञ्चालकहरूले अब सरकारलाई नियमित कर पनि तिर्नुपर्ने भएकाे छ । 

यस्तै नियमावलीअनुसार अब आफैँले उत्पादन गरेका सामाग्री प्रकाशन गर्दा उपभोक्ताको उमेरअनुसार त्यसको वर्गीकरण गर्नुपर्नेछ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arun Chaudhary

    March 6, 2022, 10:57 p.m.

    साेझ जनता लुट्ने काम,यस्ताे नियम विश्वमा कहि पनि छैन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया