स्थानीय तह चुनावमा पार्टीले ठूलाे सफलता प्राप्त गर्छ : अध्यक्ष नेपाल

 फागुन २३, २०७८ सोमबार १५:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह चुनावमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गर्नुभएको छ । 

रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई आज सोमवार काठमाण्डाैमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह चुनावमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताउनुभएको हो । पार्टीले आउँदाे चुनावमा केन्द्रित भएर टोल–टोलमा सङ्गठन विस्तार र परिचालनमा लागेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी आउँदाे चुनावको तयारीलाई केन्द्रविन्दुमा राखेर वडा, टोल–टोलमा पनि पार्टीको कमिटी विस्तार गर्दै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरोको पहिलाे बैठक आज नै काठमाण्डाैमा रहेकाे एक ब्याङ्क्वेटमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आउँदाे कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उहाँले बताउनुभयो । 

प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकताबद्ध बनाएर आसन्न स्थानीय तहको चुनावमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया