कर्णाली राजमार्गमा मालवाहक ट्रक सडकमा अड्कियाे, दुर्घटनाबाट जोगियो

 फागुन २४, २०७८ मंगलबार १२:३०:३२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ । 

कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बाेकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।  

आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । कर्णाली राजमार्गमा रहेकाे हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको आधा भाग तल खसिसकेको अवस्थामा स्टिलवार र वालमा अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको बताउनु भयाे ।

कैलाली घर भएका हरिस धामीले ट्रक चलाउनु भएकाे थियाे। दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले चालक धामीलाई सकुशल उद्धार गरेकाे छ । प्रहरीले साङ्लोले बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेकाे छ ।

यस क्षेत्रमा मोड साँघुरो भएका कारण यस अघि पनि दुर्घटना भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया