चुनावमा मिलेर जाने कुरा छ, गठबन्धनका दलको चित्त दुखाउने काम नगर्नुस् : देउवा

 फागुन २६, २०७८ बिहीबार १४:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

पर्सा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । आज बिहीवार वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई चुनावसम्मै लैजाने विषयमा सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

अरूसँग गठबन्धन नगरि चुनाव लड्दा विगतमा धेरै ठाउँमा पराजित भएको स्मरण गर्दै देउवाले आउने चुनावमा मिलेर जाँदा स्थानीयदेखि सङ्घीय सरकारसम्म गठबन्धनकै सरकार रहिरहने दाबी गर्नुभयो । 

‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईँहरूलाई थाहै छ, अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ’, देउवाले भन्नुभयो । 

उहाँले गठबन्धनका दलहरूलाई चित्त दुख्ने गरी आरोप नलगाउन पनि नेपाली कांग्रेसका नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘चुनावमा मिलेर जाने कुरा छ, गठबन्धनका दलको चित्त दुखाउने काम नगर्नुहोला’, देउवाले भन्नुभयो । 

माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूले साथ दिएकैले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सम्भव भएको भन्दै देउवाले अरू दलको चित्त दुख्ने गरी बोली व्यवहार नगर्न पनि नेता/कार्यकर्तालाई सुझाव दिनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया