गठबन्धन हामीलाई मात्रै हाेइन कांग्रेसलाई पनि आवश्यक छ : नेता तुलाधर

 फागुन २६, २०७८ बिहीबार १७:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आउँदाे स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने बताउनुभएको छ । आज बिहीवार केन्द्रीय कमिटीको तेस्रो बैठककाे बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने उसैलाई घाटा हुन सक्ने बताउनुभयो । 

नेता तुलाधरले भन्नुभयो, ‘कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ । यसले कांग्रेसलाई घाटा पनि हुन सक्छ । गठबन्धन पाँच दललाई नै आवश्यक छ, नेपाली कांग्रेसका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ । स्थानीय चुनावमात्रै नभइ प्रदेश र सङ्घीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक छ ।’

नेता तुलाधरले स्थानीय तहको चुनावमा नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनुभयो । उहाँले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरूले आउँदाे चुनावमा आफ्नो पल्लाभारी गर्नका लागि कांग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाउनुभयो । नेता तुलाधरले नेपाली कांग्रेसका सभापति एवम् शीर्ष नेताहरू भने गठबन्धनसहित आउँदाे चुनावमा जाने पक्षमा रहेको बताउनुभयो ।

नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि पाँच हजार जनाको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताउनुभयो । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया