सप्तरी कांग्रेस सभापतिमा कोइराला पक्षका साह विजयी

 फागुन २६, २०७८ बिहिबार २०:२२:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी हुनुभएकाे छ । 

गएकाे मङ्गलवार भएकाे चुनावकाे आज बिहीवार भएकाे मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएकाे हाे । साहले एक हजार एक सय ८६ मत पाउँदा उहाँका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएकाे छ । 

सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ । 

यसअघि शनिवार हुने भनिएकाे चुनाव विवादपछि स्थगित भएर गएकाे मङ्गलवार सम्पन्न भएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया