पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

 फागुन २७, २०७८ शुक्रबार १९:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : जाेशीकाे फेसबुकबाट

तनहुँ – जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट आज शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका लागि जाेशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया