गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्ताे दाबी गर्नुभएको हो । उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाउनुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीति सङ्कटकाे चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘अब देशलाई सङ्कटबाट मुक्त तुल्याउनका निम्ति ताजा जनादेश हाे । चाँडो भन्दा चाँडो चुनावमा जानु नै सबैभन्दा उपयुक्त विकल्प हो । राप्रपा नेपाल अहिले युद्धस्तरमा सङ्गठन निर्माणको तयारीमा छ ।’
अध्यक्ष थापाले आउँदाे स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताउनुभयो । उहाँले आउँदाे चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पनि दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।