दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

 फागुन २८, २०७८ शनिबार २०:३४:४८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो ।

राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ । 

मण्डल दैलेखको कर्णाली प्रदेशको आठबीस नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणमा ६ महिनादेखि काम गर्दै आएका थिए । मण्डल सामान्य पौडी खेल्न सक्ने भए पनि नदीको मूल प्रवाहमा पौडीको अभ्यास गर्दा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया