मधेस प्रदेशमा यसपालि तीन दिन होली : माध्यमिकी परिक्रमाका यात्री जनकपुरधाम आइपुगे

 चैत ३, २०७८ बिहीबार १२:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मधेस प्रदेशमा यसपालि तीन दिन होली पर्व मनाइने भएको छ । तिथि र माध्यमिकी परिक्रमाका कारण यसपालि आज, भोलि र पर्सि होली मनाउन लागिएको हो ।

पर्वते समुदायले आज, मधेसी समुदायले पूर्णिमा तिथिमा भोलि र मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरी शनिवार होली मनाउने तयारीमा छ ।

माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत् सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गरी जनकपुरधाम फर्केको हो ।

'मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया