एसिया कप क्रिकेट आजदेखि, पहिलो खेलमा बंगलादेश र श्रील‌ंकाकाे प्रतिस्पर्धा

 भदौ ३०, २०७५ शनिबार ८:२३:१७ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि यूएईमा सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो ।

प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ ।

आज यूएईको शारजाहँ क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुने समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीचको खेलसँगै एसिया कपको सुरुआत हुनेछ । 

एसिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

दुवै समूहका विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन् । चार टोलीबीच लिग खेल अन्तर्गत सबैले सबैसँग खेल्नेछन् । यो समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया