एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई चुनावमा जनताले दण्डित गर्ने बताउनुभएको छ ।
फागु पर्वका अवसरमा पार्टीले आज बिहीवार आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उहाँले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्नेछन् भन्नुभयो । उहाँले भन्नुभयो ‘प्रतिगामी तथा अहङ्कारी व्यक्ति होलीका दहन भएजस्तै पराजय हुने छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुभाषिक, बहुसांस्कृतिक देशमा सबै जाति–समुदायको संस्कृतिले प्रेम, सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो ।
विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘नेपाली भएकामा हामीले गौरव गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।