पाैडी खेल्न गएका दुई बालक तिला नदीमा बेपत्ता

 चैत ४, २०७८ शुक्रबार १३:५६:५२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – महाबै गाउँपालिका ५ को संग्रौलामा रहेकाे तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक बेपत्ता भएका छन् । 

नदीमा बेपत्ता हुनेमा त्यही ठाउँका १७ वर्षीय अपिल भट्टराई र दीपेन्द्र भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्रबहादुर शाहीले बताउनुभयो । 

बेपत्ता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा गएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया