संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा, अर्काे सुनुवाइ ९ गते

 चैत ४, २०७८ शुक्रबार १४:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटलाई आज शुक्रवार हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सुनुवाइ अघि बढाउन माग गर्नुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था मासेर अध्यादेश ल्याएको तर्क गर्नुभयो । 

रिटमाथि अब आउँदो बुधवार चैत ९ गते सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । २०७७ पुस ५ गते संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाइएकोमा त्यही दिन संसद् विघटन गरेका कारण नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ भएको थिएन । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया