रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।
शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Thaman Gurung
March 18, 2022, 5:05 p.m.क्यारुम्तनी ! अब एस बाट छर्लङ्ग भयो कि पल ज्यु ले नाबालिका माथी गिद्दे नजर लगाएकै रहेछ्न भन्नू परो । फिल्म युनिटले नि त नाबालिका लाई अभिभाबक को साथ बस्ने प्रबध गरिदिनुपर्ने हो क्यारे । पल ज्यु ले पनि धेरै गल्ती गरेकै हुनुपर्छ अलिकती आफ्नो बड्दो लोकपृयता लाई ख्याल गर्नु पर्थ्यो । शत्प्रतिशत पल ज्यु ले झुट्ठा आश्वाशन देखाएर नाबलिका सङ्गा सहमती मै सहबाश गरेको र पछि पल ज्यु ले बिस्तारै बेवस्ता गरेपछी पछि नाबालिका ले अब इन ले बिश्वाश्घात गर्नी भो भन्ने ठाने पछि मात्र उजुरी हालेको कुरो देखियो यहिकुरो आहिले आएर बलत्कार म परिनित भो । क्यारुम्तनी ।
Hari gharti
March 18, 2022, 4:29 p.m.गल्ति केटिको पनी छ एक शाल पहिले को सहमतिमा सम्बन्ध भयो होला अहिले इयर बलत्कार को केश गर्नु ठिक होईन