२३औँ फ्लोरा एक्स्पो पर्सिदेखि सुरु हुने

 चैत ८, २०७८ मंगलबार ८:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ‘२३ औँ फ्लोरा एक्स्पो’ पर्सिदेखि सुरु हुने भएको छ । फ्लोरिकल्चर एसाेसिएशन नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पर्सि बिहीवारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जनाएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरुको समेत प्रर्दशनी गरिने एसाेसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यावसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन । स्टलमा रहेका फूलबिरुवाहरुबीच प्रतिस्पर्धा गराइ उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, शिल्डसहित प्रमाणपत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।  

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया