चुनाव नजिकिएसँगै राजनीतिक दलद्वारा मधेस प्रदेश केन्द्रित कार्यक्रमलाई तीव्रता

 चैत ८, २०७८ मंगलबार ११:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् ।

धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन्  । मुख्य राजनीतिक दलको ध्यान अहिले उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित छ ।

चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । यस्तै, पार्टी विभाजनपछि मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आउँदाे चुनाव मार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लामा  चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ कार्यक्रममा पुग्ने गर्नु भएको छ ।

एमाले नेता तथा मधेस प्रदेश सह-इञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडावडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । त्यस्तै माओवादी केन्द्रले नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ ।

चुनावी तयारीस्वरुप माओवादी केन्द्रले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत गर्न लागेको छ । कार्यक्रमका लागि प्रचण्ड जनकपुर जानुभएकाे छ । पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया