चीन सरकारकाे सहयाेग नपाउँदा भक्तपुरमा अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा

 चैत ८, २०७८ मंगलबार १९:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । 

आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भए पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको गुनासाे गर्नुभयाे ।  

मन्त्री खतिवडाले भन्नुभयो, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । तर विभिन्न कारणले अवराेध भयाे । अब यसलाई हामी अगाडि बढाउँछौँ । चिनियाँ विदेश मन्त्रीको भ्रमणमा यो एजेन्डालाई हामीले प्रवेश गर्न सक्यौँ र उहाँमार्फत चीन सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो याेजना अगाडि बढ्छ, बढाउनुपर्छ ।’

यस्तै मन्त्री खतिवडाले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरू खाेज्ने वा नेपालले आफ्नै लगानीमा निर्माण गर्नुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया