राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

 चैत ८, २०७८ मंगलबार २०:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ काे उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटाे खुला भएकाे छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीकाे तयारी छ । 

जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेकाे छ । वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया