त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान, उडान दिनभरि नै प्रभावित हुने

 चैत १०, २०७८ बिहीबार ११:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभरि नै उडान सेवा भने प्रभावित भएको छ ।

बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ ।

ढिलो भए पनि उडान नरोकेको उहाँले बताउनुभयो । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया