पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने

 चैत ११, २०७८ शुक्रबार ७:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने भएको छ ।

अर्गानिक कृषि मेला अर्गानिक एसाेसिएशन अफ नेपाल र कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ ।

त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन हिजो पत्रकार सम्मेलनमा कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टर तथा अर्गानिक नेपाल एसाेसिएशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

अर्गानिक एसाेसिएशनका महासचिव तथा मेला संयोजक शान्ता बास्कोटा कोइरालाले पहिला–पहिला नबुझेर मानिसहरु लागे पनि अहिले स्वास्थ्यमा सचेत भएका मानिसहरु अर्गानिक कृषितर्फ उन्मुख भएको बताउनुभयो । गएकाे वर्षहरुको मेलामा १ लाख अवलोकनकर्ता आएको उल्लेख गर्दै यो पटक विगतमा भन्दा धेरैको उपस्थिति रहने अनुमान गर्नुभयो ।

मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफूल, बिउ बिजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी कार्यक्रम राखिने भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया