कांग्रेस नेताहरू भन्छन्– ‘पार्टीले एक्लै चुनाव जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन’

 चैत ११, २०७८ शुक्रबार १९:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । 

आज शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । 

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै पार्टीका प्रवक्ता प्रकाशशरण महतले पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह चुनावमा गठबन्धन गर्न जबरजस्ती निर्णय लाद्न खोजेको भनी गलत प्रचार गरिएको बताउनुभयो । उहाँले पार्टी सभापतिले जबरजस्ती निर्णय नलाद्ने र यसबारे केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिनुभयाे । 

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरूले 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ' अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी सङ्गठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको पनि प्रवक्ता महतले बताउनुभयाे । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया