पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायले आफूले सांसद पदबाट राजीनामा दिएर पार्टी नेता बामदेव गौतमलाई क्षेत्र खाली गर्न लागेको भन्दै अनावश्यक भ्रम फैल्याइएको बताउनुभएको छ ।
उज्यालोसँग कुरा गर्दै सांसद रोकायले पार्टी भित्रैबाट अनावश्यक र नचाहिने हल्ला फैल्याइएको दाबी गर्नुभयो । सांसद रोकायले राजीनामा गरी नेता गौतमका लागि क्षेत्र खाली गर्न लागेको विषयमा सञ्चार माध्यममा आएपछि बाँकेका नेकपाका नेता कार्यकर्ताले चासो दिएका छन् ।
पार्टीभित्रैबाट पनि निराधार र नचाहिने हल्ला फैल्याइएको छ’, रोकायले भन्नुभयो, ‘क्षेत्र खाली गर्नेमा मेरो सहमति हुनेछैन् ।’
२००६ सालमा सुर्खेतको बजेडीचौरमा जन्मिएका रोकायले २०२४ सालदेखि बाँकेको सीतापुरबाट कम्युनिष्ट पार्टीको राजनीति सुरु गर्नुभएको हो । रोकाय २०३९ देखि ४४ सालसम्म सीतापुर गाविसको प्रधानपञ्चमा जनपक्षिय उम्मेदवार भई निर्वाचित हुनुभयो ।
झण्डै पाँच दशकसम्म कम्युनिष्ट पार्टीमा सक्रिय रोकायले किसान संगठन हुँदै वडा गाउँ कमिटी र २०३९ सालमा नेकपा माक्र्सवादीको जिल्ला कमिटी सदस्य हुनुभयो ।
२०४२ देखि ४८ सालसम्म रोकाय पार्टीको जिल्ला र अन्चल कमिटी सदस्य भई पार्टी काम गर्नुभयो । २०४७ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेका रोकाय पार्टीको अञ्चल सदस्य र बाँके जिल्ला कमिटिको उपसचिव बन्नुभयो
लामो समयसम्म पार्टीको अञ्चल सदस्य र जिल्ला उपसचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका रोकाय २०६५ सालमा भएको पार्टीको बुटवल महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन भए भने लगत्तैदेखि बाँके जिल्ला कमिटिको पहिलो अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो । रोकायकै नेतृत्वमा बाँकेमा नेकपा एमालेले २०७० सालमा पहिलो पटक खाता खोल्दै ३ क्षेत्र जित्यो ।
पार्टीमा इमान्दार र त्यागी नेताको छवी बनाएका रोकायलाई बलीको बोका बनाउन लागिएको भन्दै कार्यकर्ता पंक्तिले प्रतिक्रिया दिएका छन् । तर सधैँ पार्टी नीति र नेतृत्वको पक्षमा लाग्ने रोकायलाई माथिल्ला नेताले आग्रह गरेमा सजिलै पद छोड्न सक्ने स्वभाव भएको केही कार्यकर्ताले बताएका छन् ।
प्रतिनिधिसभा चुनावमा नेकपा एमालेका उम्मेदवार रोकायले ३१ हजार ६०१ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका वादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।