बाग्लुङको जैमिनी नगरपालिकाका नागरिक धमाधम गाउँ छाड्दै

 चैत १२, २०७८ शनिबार ११:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ को टुनीबोट बस्तीका स्थानीय बासिन्दाले धमाधम गाउँ छोड्न थालेका छन् ।

पानी पर्नासाथ बाढी पहिरोको त्रास हुने भएकाले स्थानीय बासिन्दाले गाउँ छोड्न थालेका स्थानीयवासी भवानीश्वर शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले बस्तीमा १४ घर मात्रै छन् ।

सिङ्गो बस्तीमा भएका ४५ घरमध्ये ३१ घरपरिवार विस्थापित भइसकेका छन् । बाँकी रहेका यी घरपरिवार पनि सुरक्षित ठाउँमा सर्ने तयारीमा रहेको शर्माले बताउनु भयो ।

बस्तीमा बाढी पहिरोको मात्रै होइन बाँदरको पनि पिर भएकाले भएका घरपरिवारलाई पनि सुनसान बन्दै गएको गाउँ छोड्नै पर्ने बाध्यता रहेको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका शिक्षक विकास शर्माको भनाइ छ ।

टुनीबोटका स्थानीय बासिन्दा बसाइँ सरेर केही बाग्लुङकै अर्को ठाउँमा गएका छन् भने केही काठमाण्डौ र चितवन बस्ने गरेको शिक्षक शर्माले जानकारी दिनुभयो । टुनीबोट बस्तीमा जोखिम न्यूनीकरणका लागि अहिले पानी निकासका लागि कच्ची नाला बनाइएको छ ।

जैमिनी नगरपालिकाले बर्खा लाग्नुभन्दा अघिसम्ममा पक्की नाला बनाउने तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनु भयो ।

सामान्य कच्ची नाला बनाउन बाहेक बाँकी रहेका घरपरिवारलाई सुरक्षित छु भन्ने महसुस गराउन स्थानीय तहले अहिलेसम्म उल्लेखनीय काम नगरेको स्थानीय बासिन्दाकाे गुनासो छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया