अमेरिकाकाे रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानको प्रस्ताव रूसले स्वीकार नगर्ने

 भदौ ३०, २०७५ शनिबार १८:२७:४५ | रासस
unn.prixa.net

रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

अमेरिकाले एकतर्फी रूपमा अनुसन्धानका लागि गरेको माग जायज नरहेको दाबी गर्दै यस विरुद्ध प्रतिकार गर्ने शुक्रबार मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता मारिया जाखारोभाले बताउनुभयो । 

अमेरिकी उप–विदेशमन्त्री मनिषा सिंहले बिहीबार यदि रूसले रासायनिक हतियारबारे स्थलगत छानबिनमा सघाएमा पूर्व रूसी कुटनीतिज्ञ सर्गेइ स्क्रीपालमाथिको विषादी प्रकरणलाई लिएर रूसविरुद्ध लगाइएका प्रतिबन्धको सामना गर्नुनपर्ने बताउनुभएको थियो । 

जाखारोभाले सञ्चारमाध्यमले गरेका प्रश्नहरूको जवाफमा रूसी मन्त्रालयको वेभसाइटमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रूपमा आएको अमेरिकी मागलाई पक्कै पनि लागू हुन दिने छैनौं वा अमेरिकाद्वारा गैरकानूनी रूपमा राख्दै आएको मागजस्तो लाग्ने रूसी महासङ्घको भूमिमा भएका भनिएका रासायनिक हमलाबारे छानबिनको शर्तलाई मान्न तयार हुने छैनौ ।’ 

‘रासायनिक हतियार महासन्धि (सीडब्लुसी) को संरचनाभन्दा धेरै टाढा रहेको यो वा त्यो अमेरिकी आन्तरिक राष्ट्रिय ऐनको आधारमा गरिने माग रूसले मान्न बाध्य छैन ।’ 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया