एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – अरू दलसँग चुनावी तालमेल गर्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि नेताहरूबीच विवाद देखिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अरू दलसँग गठबन्धन गर्नुपर्ने बताउनुभएको छ भने महामन्त्री गगन थापा र नेता शेखर कोइरालालगायतले गठबन्धन गर्न नहुने बताएका छन् ।
सभापति देउवाले २०७४ सालको चुनावमा आफूले पनि बल्लतल्ल चुनाव जितेको स्मरण गर्दै आउँदाे चुनावमा गठबन्धन गरेमा नेपाली कांग्रेस बलियो हुने र गठबन्धनले लगभग सबै ठाउँमा चुनाव जित्ने बताउनुभयो । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले चुनाव जितेमा परिवर्तन नै जोखिममा पर्ने भएकाले एमाले र केपी शर्मा ओलीलाई सत्तामा आउन रोक्न पनि गठबन्धन गर्नुपर्ने बताउनुभयो ।
तर महामन्त्री गगन थापाले आफू सैद्धान्तिक रूपमा कांग्रेसका कार्यकर्तालाई अरू दलको चुनाव चिह्नमा भोट हाल्न आग्रह गर्ने पक्षमा नरहेको बताउनुभयो । अहिले अरू चिह्नमा भोट हाल्न बाध्य बनाउने कार्यकर्तालाई भविष्यमा कांग्रेसमै ल्याउन नसकिने अवस्था आयो भने के गर्ने भनेर थापाले प्रश्न गर्नुभयो । यस्तै नेता शेखर कोइरालाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । सभापति देउवाले पार्टीभित्रका सबै गुट उपगुटलाई मिलाउने र अरू नेताहरूको पनि विचार सुन्ने हो भने कांग्रेस एक्लैले चुनाव जित्ने कोइरालाको भनाइ छ ।
गठबन्धन गर्ने/नगर्नेबारे कांग्रेसले औपचारिक निर्णय भोलि मङ्गलवार मात्रै गर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।