मौसम बद्ली : प्रदेश-१, वाग्मती र गण्डकीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना

 चैत १५, २०७८ मंगलबार ८:८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज मौसम बद्ली भएको छ ।

आज प्रदेश-१, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको छ ।

पानी नपर्दा र हावा नचल्दा मौसम धुम्मिएको मौसमविद् भट्टराईले बताउनुभयो । त्यस्तै आज राति प्रदेश-१, वाग्मती र गण्डकीबाहेक अरु ठाउँको मौसम सफा रहने अनुमान छ । तराईमा गर्मी बढेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया