प्रदूषण घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेन

 चैत १६, २०७८ बुधबार १३:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसलाई घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेको छैन ।

सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि दुई वर्ष अगाडि नै नीति तथा कार्ययोजना बनाएको थियो । राष्ट्रिय वातावरण नीति–२०७६ ले वायु, जल, माटो, ध्वनीलगायत सबैप्रकारका प्रदूषण रोकथामको उद्देश्य लिएको भए पनि प्रदूषण घट्न सकेको छैन । यतिबेला काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर छ । उद्योग, कलकारखाना, गाडीमा वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने समेत सरकारको नीति छ ।

शहरी क्षेत्रमा मुख्य गरी वायु प्रदूषण र ध्वनी प्रदूषणको समस्या उच्च छ । प्रदूषणको मुख्य कारण बढ्दो गाडीको संख्या, शहरीकरण, विकास निमार्णलगायत मानिन्छ । तर अहिले केहि जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताउनुभयो ।

अहिले नेपालसहित दक्षिण पूर्वि एसियामा नै डढेलो उच्च रहेकाले नेपालमा प्रदुषण बढेको उहाँको भनाई छ । सरकारको नीति कार्यान्वयन गरी प्रदुषण घटाउन विद्युतीय गाडीलाई प्राथमिकता दिने र पुराना गाडीलाई विद्युतीय रुपमा रुपान्तरण गर्ने, ठूला बसलाई चार्जिङ्ग गर्नेगरी स्टेशन बनाउने र साझा यातायातले विद्युतीय गाडी सञ्चालन गर्ने प्रकृया कार्यान्वयनमा गएको विभागले जनाएको छ ।

अरु क्षेत्रबाट हुने प्रदूषण र त्यसका असर घटाउन विभिन्न निकायबीच समन्वय गर्ने काम भैरहेको तर यो बीचमा कोरोना महामारी र जनशक्ति अभाव मुख्य समस्या बनेको प्रवक्ता पौडेलको दाबी छ । उहाँले जथाभावी आगो नबाल्न तथा वनमा डढेलो नलगाउन, फोहोर नजलाउन पनि आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया