सत्ता गठबन्धनको बैठक बस्दै, चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल हुने

 चैत १७, २०७८ बिहीबार ७:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ ।

बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने  निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो ।

कांग्रेसको शेखर कोइराला पक्ष तालमेलको विपक्षमा छ तर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहित बहुमत संख्या आवश्यकताअनुसार तालमेल  गर्ने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बस्ने गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ । हिजो चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरको मेयरमा माओवादीको दाबी रहने बताउनु भएको थियो ।

यस्तै, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया