चुनावकाे मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु : अध्यक्ष ओली

 चैत १८, २०७८ शुक्रबार १८:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो । 

उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयाे भनेर । यही समयमा किन जानुभयाे भनेर ?’

अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो । उहाँले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाउनुभयो । 

यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उहाँको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताउनुभयो । 

यस्तै कार्यक्रममा उहाँले सामाजिक अभियन्ताको जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उहाँको तर्क थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया