ललितपुरको फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार

 पुष ९, २०८१ मंगलबार ६:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार भएको छ । हिजो दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

हराएका छुट्टाछुट्टै दुई समूहका १३ जना हिजो अबेर राति फोन सम्पर्कमा आएपछि उद्धार भएको उहाँले बताउनुभयो ।

ललितपुरको गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह र छ जनाको अर्को समूह छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएका थिए ।

हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका थिए । हराउनेमध्ये  १० जना युवा र तीन युवती रहेका प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया