जुम्लाकाे तिला गाउँपालिका १ मा सुक्खा पहिराे खस्दा यातायात प्रभावित

 चैत १८, २०७८ शुक्रबार २०:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – जुम्लाको तिला गाउँपालिका १ मा सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग भएर चल्ने यातायात प्रभावित भएका छन् । 

आज शुक्रवार दिउँसाे ठूलै पहिरो खसेर सडक पुरिएपछि यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दिउँसो खसेको केही पहिरो पन्छाएपछि झन्डै पाँच घण्टा ठप्प रहेको राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी गाडी चले पनि आलोपालो गर्नुपर्दा अहिले पनि त्यस क्षेत्रमा गाडीको लामो लाइन छ । 

जुम्ला सदरमुकाम खलङ्गादेखि नाग्म कालीकोट हुँदै सुर्खेत जाने यातायात र सुर्खेत, नेपालगञ्ज, कालीकोट हुँदै जुम्ला आउने गाडीको लामो लाइन लागेको हो । लामो समय कुर्नुपरेकाले यात्रु समस्यामा परेका छन् । 

ठूला–ठूला ढुङ्गा झरेकाले झरेकोले ब्रेकर लगाएर फुटाउने काम चलिरहँदा यातायात दुईतर्फी सञ्चालनमा आउन समय लाग्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया