ओलीकाे दाबी : ‘नेपाल गरिब देश हाेइन रहेछ’ भनेकै कारण एमालेलाई सत्ताच्युत गरियाे

 चैत १९, २०७८ शनिबार १९:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम आफ्नो पार्टीलाई सत्ताच्युत गरिएको दाबी गर्नुभएको छ । नेकपा एमाले खोटाङले आज शनिवार दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरेको जनसभाला गर्दै अध्यक्ष ओलीले ‘हामी आफैँ विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताउनुभएको हो । 

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर आत्तिएका विरोधीले षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पु¥याएको अध्यक्ष ओलीको भनाइ थियो ।

‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुनर्निर्माणको लहर सुरु गर्‍याे । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ’, उहाँले भन्नुभयो, ‘तर विरोधीहरू आत्तिए । एमालेले सधैँ सरकार बनाउने भयो, हामीहरू आउन नपाउने भयौँ भनेर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’

कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ पुग्नुभएका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी पनि गर्नुभयो । उहाँले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभइ थप सुदृढ भएको बताउनुभयो । 

दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअघि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया