नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दियाे
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार (माघ ११ गते) तोलामा एक लाख ६० हजार ६ रुपैयाँ कायम भएको सुन यो शुक्रवार अर्थात् हिजो अस्तिको तुलनामा एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार भयो ।
त्यस्तै यस हप्ताभर सुनको भाउमा भने घटबढ भइरह्यो । जसअनुसार माघ १५ गते मङ्गलवार सुनको भाउ हप्ताकै कम तोलामा १ लाख ५९ हजार दुई रुपैयाँ कायम रहेको थियो ।
यस्तै यस हप्ता चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ यस हप्ता तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको शुक्रवार (माघ ११ गते) तोलाको १ हजार आठ ८० रुपैयाँ रहेको चाँदीको भाउ हिजो तोलामा एक हजार नाै सय १५ रुपैयाँमा कारोबार भयो ।
त्यस्तै चाँदीको भाउ पनि माघ १५ गते मङ्गलवार गते हप्ताकै कम तोलामा १ हजार आठ ३५ रुपैयाँमा कारोबार भयो ।
सुनचाँदीको भाउमा हप्ताभर नै उतारचढाव भए पनि हप्ताको अन्त्यमा सुनचाँदी दुवैकाे भाउ बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।