कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखरा टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा टाइगर ग्रुपले न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१६ जिते पनि त्यसपछि लगातार तेस्रो सेट हार्याे । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ ले जित्यो । अब टाइगर ग्रुपले उपाधिका लागि फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा अहिले त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश खेल्दैछन् । यो खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।