रसुवामा क्यापासिटर बैंक नराख्ने ग्राहकको सङ्ख्या ३ सयभन्दा धेरै

 चैत २०, २०७८ आइतबार १८:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा तीन सय जनाभन्दा बढी ग्राहकले क्यापासिटर बैंक नराखेको पाइएको छ । विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गर्ने ग्राहकले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले नराखेको पाइएको नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रले जनाएको छ । भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगमा विद्युत् लोडको मागलाई सन्तुलन बनाउन क्यापासिटर राख्ने गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो । तर जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन भने काटिएको छैन ।  जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । ‘जिल्लामा क्यापासिटर पाइँदैन’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले सहजीकरण गरिरहेका छौँ ।’

ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो । कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्नेबारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले पाँच किलोवाटभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेशिन भएका ग्राहककोमा मिटर जडान गर्दा शन्ट क्यापासिटर अनिवार्य रूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ । 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया