चाेभार बन्दरगाहले काठमाण्डाै उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारकाे 'हब' बनाउँछ : प्रधानमन्त्री

 चैत २२, २०७८ मंगलबार १८:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहले काठमाण्डाै उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ ।

आज मङ्गलवार बन्दरगाहको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यो सेवा सञ्चालन हुँदा काठमाण्डाै उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रूपमा विकास हुने बताउनुभएको हो । उहाँले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो ‘याे बन्दरगाह सञ्चालनमा आएपछि देशकाे आयात–निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने काठमाण्डाै उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात–निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’

प्रधानमन्त्री देउवाले देशकाे वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रूपमा विकास गर्न सुक्खा बन्दरगाह जस्ता संरचनाहरूको आवश्यकता पर्ने बताउनुभयो । उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयाे ।

वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाकाे भनाइ छ । उहाँले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक विलासिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोगका लागि आग्रह पनि गर्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भए पनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो ब्याज दर अथवा अनुदानमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया