देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउनुस् : अध्यक्ष ओली

 चैत २२, २०७८ मंगलबार १९:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँकाे तर्क छ । 

आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला । ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाउनुभयो । तर आफू मधेसको मान्छे भएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले मधेसमा भैँसीका पिठ्युँमा बसेर कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेसमा रहेको पनि बताउनुभयो । 

यसैगरी केही दिनअघि एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले अब मधेसलाई बेच्न छोड्न मधेसवादी दलहरूलाई चेतावनी दिनुभयो । उहाँले मधेसवादी दलका नेताहरूप्रति इङ्गित गर्दै अब मधेस र व्यापारीहरूलाई भजाउन सक्ने अवस्था नरहेको बताउनुभयो । 

मेयर सरावगीले मधेसवादी दलहरूले मधेसको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको आराेप लगाउनुभयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sangam kc

    April 5, 2022, 7:46 p.m.

    सम्धी र वा भन्ने जमातलाई अरवपति बनाउन एमालेमा सहभागी हुनुस , न कि देश र नागरिकको लागि .....

  •  0 Reply

तपाईको प्रतिक्रिया