रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – हिजो सोमवार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज मङ्गलवार फेरि माओवादी केन्द्रमै फर्कनुभएको छ ।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गर्नुभएको छ ।
२०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओवादीमै क्रियाशिल हुने बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।