एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – सत्ता गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिले स्थानीय तहमा गठबन्धनमा आबद्ध दलहरूको अवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन आउँदो शनिवारसम्म पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको बैठकले प्रदेश संयन्त्रलाई २६ गते शनिवारभित्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो । यसअघि प्रदेश संयन्त्रलाई २२ गतेभित्र प्रतिवेदन बुझाउन भनेकोमा प्राप्त नभएकोले समय थप गरिएको उहाँले बताउनुभयो ।
समितिको अर्को बैठक २७ गते आइतवार बस्ने भएको छ । आजको बैठकले गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने निर्णय पनि गरेको छ । उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम मापदण्ड बनाउने निर्णय गरेको र मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भएको उहाँले बताउनुभयो ।
हिजो मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको हो । सत्ता गठबन्धनले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा हुने गठबन्धन र तालमेलको तयारी तथा अनुगमनको जिम्मेवारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।