झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताउनुभएको छ । आज बिहीवार विश्व स्वास्थ्य दिवसको अवसरका काठमाण्डाैमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहर व्यवस्थापन गर्नुपर्नेमा जाेड दिनुभएकाे हो । उहाँले काठमाण्डाैमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त आवश्यक भइसकेको पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले धरानमा फोहरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएको भन्दै काठमाण्डाैकाे फोहरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहर व्यवस्थापन गरेर ग्यास निकालिएकाे रहेछ । त्यसले टेम्पो जस्ता साना सवारी साधन चलाउने व्यवस्थापन गरेको देखेँ । सुन्दर सहर काठमाण्डाै अहिले जताततै फोहरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो । काठमाण्डाैलाई सफा र हरियाे बनाउन जरुरी छ । के–के सहयोग चाहिन्छ सरकार तयार छ ।’
प्रधानमन्त्री देउवाले फोहरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले फोहरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो देश बनेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।