सातै प्रदेशमा सरकारी मेडिकल कलेज खाेल्ने प्रस्ताव 'क्याबिनेट' मा पुगेकाे छ : मन्त्री पाैडेल

 चैत २४, २०७८ बिहीबार १५:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेट (मन्त्रिपरिषद्) मा पेस गरिएको जानकारी दिनुभएको हो । उहाँले खरबाैँ रुपैयाँ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नुपरेको पनि स्पष्ट पार्नुभयो । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयाे, ‘हाम्रोमा ११ वटा विश्वविद्यालय छन् तर नचल्ने, विद्यार्थीले नखोज्ने विषय पढाएर के काम ? जबकि सात हजार विद्यार्थी एमबीबीएस, एमडी बङ्ग्लादेश जान्छन् । एक वर्षको रकमको हिसाब गर्दा झन्डै एक खर्ब ९७ अर्ब रुपैयाँ रकम जापान, अस्ट्रेलिया, बङ्ग्लादेश, चीन, भारत पढ्न गएका विद्यार्थीबाट खर्च भएकाे पायाैँ । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिइ डाक्टर हुन पाउने । हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौँ । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ, उनीहरूलाई विस्थापित गर्ने भनेको होइन ।’

मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै पालिकामा पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया