मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ ।
श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ । जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् ।
देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलिप वैद्यले जानकारी दिनुभयो । हरिसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो ।
११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको हो ।
२०६६ सालअघि पनि झन्डै आधा शताब्दी जात्रा लोप भएको थियो । हरिसिद्धिका धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरिसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुहुन्छ ।
तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्त्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो । जात्रा सुरु भएको इतिहासअनुसार झन्डै दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताउनुभयो ।
जात्राका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीय बासिन्दा र सहयोगीबाट जुटाइने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।