अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे : मन्त्री शर्मा

 चैत २५, २०७८ शुक्रबार १३:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गर्नु भएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताउनु भएको हो ।

उहाँले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाउनु भयो । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ भनेर प्रश्न गर्नुभयो । यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम भएको आरोप लगाउनु भयो ।

''राष्ट्र बैंकमा बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा मलाई थाहा छैन'' उहाँले भन्नुभयाे । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने उहाँले बताउनु भयो ।

नेपाल र श्रीलङ्काबीच तुलना हुन नसक्ने उहाँले बताउनु भयो । उहाँले श्रीलङ्का र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताउनु भयो ।

मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलङ्का बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताउनुभयो । सरकारले बनाएका नीतिमा नै समस्या रहेको उहाँले बताउनु भयो । नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भ्रष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले देशको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धको कारण थप समस्या आएको स्वीकार गर्नुभयो । उहाँले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताउनु भयो । नेपालको अर्थतन्त्रमा पछिल्लो समय अत्यधिक, पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका वस्तु चाहिनेभन्दा बढी गाडी आयात गरेकाले अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री शर्माले बताउनु भयो।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया