रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलकाअनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ । यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
प्रि-मनसुनको समयमा पानी पर्नु र मेघगर्जनसहित चट्याङ्ग पर्नुमा स्थानीय वायुको भूमिका धेरै हुन्छ । प्रि-मनसुनमा कुनै एक ठाउँमा पानी पर्ने र सँगै जोडिएको अर्को ठाउँमा पानी नपर्ने हुन्छ ।
अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायु दुवैको प्रभाव परेको छ । यसकै कारण वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।