पार्टीकाे घाेषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्छ : संयाेजक अधिकारी

 चैत २७, २०७८ आइतबार १५:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर उनीहरूकाे पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । 

आज आइतवार खाद्यका लागि कृषि अभियानले काठमाण्डाैमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई दीर्घकालीन रूपमा अगाडि बढाउने कुरामा पालिका सरकारहरूको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताउनुभयो । 

आउँदाे पालिका चुनावमा हरेक पार्टीले आफ्नो घोषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र प्राङ्गरिक कृषिलाई बढाउने कुरामा जोड दिन आवश्यक रहेको संयोजक अधिकारीकाे भनाइ छ । उहाँले केही पार्टीका घोषणापत्रमा आउँदाे १० वर्षमा नेपाललाई प्राङ्गरिक देश बनाउने भनिए पनि रासायनिक मल कारखाना खोल्ने कुरामा पनि त्यत्तिकै जोड दिएको बताउनुभयो । संयोजक अधिकारीले नेपालमा रैथाने बिउबिजनहरू ध्वस्त भएको भन्दै कृषिलाई बचाउने कुराको सबैले मनन गर्नुपर्ने बताउनुभयो ।

संयोजक अधिकारीले आजका किसान सरकारले बनाउन खाेजेको कृत्रिम किसान भएको भन्दै वास्तविक किसानहरू अझै पनि सरकारको मापदण्डमा नरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले वास्तविक किसानलाई नछुने नीति ल्याउँदा वास्तविक किसानहरूको मनोबल घट्दै गएको र आज किसान भनेको एउटा कम्पनी जस्तो भएको बताउनुभयो ।         

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया