एकै ठाउँमा जाँदा पनि भाडा फरक–फरक लिने अवस्था अन्त्य हाेस् : मन्त्री खाण

 चैत २७, २०७८ आइतबार १९:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर देखाउने अवस्थाकाे तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई आज आइतवार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘यात्रुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अब यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुको गुनासो के छ भने– एकै ठाउँमा जाँदा पनि भाडा फरक–फरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन बनाउन सरकार सदा तयार छ ।’

गृहमन्त्री खाणले सरकारले सबै खालका उद्योगी, व्यवसायीकाे लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले राम्राे अवस्थामा नभएकाे गाडी चलाउनका लागि रोक लगाउन सरकारले अझै कडाइ गर्ने बताउनुभयो । उहाँले गाडीको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीलाई सचेत गराउनुभयो । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया