त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि सुरुङमा पठाइने भएको छ । आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोलेर सुरुङमा पानी पठाउन लागिएको हो ।
आज सिन्धुपाल्चोकको अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान १० बजे पानी सुरुङमा पथान्तरण गरी उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।
सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले आजदेखि पानी पथान्तरण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
केही काम अझै बाँकी भए पनि सुरुङ र हेडवर्क्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको समितिका सिनियर डिभिजन इञ्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिनुभयो । गएको असार १ र साउन १७ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।
सरकारले यसअघि चैत मसान्तभित्र पानी काठमाण्डौमा ल्याउने घोषणा गरेको थियो । इञ्जिनियर कुँवरका अनुसार काठमाण्डौमा पानी आउन अझै दुई हप्ता लाग्नेछ । यसअघि सुन्दरीजलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री देउवाको कार्यक्रम स्थगित भएको हो ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गर्नुभएको थियो । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।
लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।