प्रि–मनसुनमा चट्याङ्गकाे जाेखिम धेरै, सावधानी अपनाउन आग्रह

 चैत २९, २०७८ मंगलबार ८:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रि–मनसुनमा चट्याङ्गका घटना धेरै हुने गरेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा १ र झापाको गौरादह नगरपालिका वडा ५ मा गरी दुई जना महिलाको ज्यान गएको हो । त्यस्तै राक्सीराङमा दुई जना, तनहुँको म्याग्दे गाउँपालिका-१ मा दुई जना र शुक्लागण्डकी नगरपालिका-५ मा  एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएका छन् । ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्नुलाई चट्याङ्ग भनिन्छ । चट्याङ्गको पूर्वानुमान गर्न नसकिने भएकाले क्षति धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङ्गको जोखिम धेरै हुन्छ । यसबाट बच्न पूर्वतयारी नै महत्त्वपूर्ण रहेको र गड्याङगुडुङ भएका बेला घरभित्र सुरक्षित बस्न उहाँको आग्रह छ ।

मेघ गर्जनका बेला अग्लो ठाउँ, रुख वा टावरको नजिक नबस्न, विद्युतीय सामग्री प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन पनि उहाँको सुझाव छ ।


 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया