भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको ज्यान गयाे

 चैत २९, २०७८ मंगलबार ११:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा बिहान भएको मोटरसाइकल दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । बालिकाका आमाबुबा घाइते भएका छन् । 

सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया